२ श्रावण २०८२, शुक्रबार
,
Latest
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन जारी, तीन ‘सिफ्ट’मा काम, आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा… सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब बैंगलोर भागदौडः कर्नाटक सरकारले आरसीबीलाई दोष दियो सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन जातीय पोशाकबाट आम्दानी सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह राष्ट्रपतिबाट बिदा भइसकेपछि पार्टीमा फर्किने विषय गम्भीर छ:प्रधानमन्त्री ओली गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिषा प्रकरण एकै नभएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराउनु भयो । उहाँले हाल भिजिट भिषा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली काँग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाउनुभयो । सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानविनमा सघाउन तयार भएपनि भिजिट भिषा प्रकरणमा काँग्रेसले त्यसो गर्नसमेत नचाहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘उपसभामुखज्युले उहाँको हस्ताक्षरसहित भिषाको अन्तरवार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदुतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन । अर्को भिषाको लागि या भिजिट भिषाको लागि थिएन । अन्तरवार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो । दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन । त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो । त्यसैले गर्दा यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो ।

उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, र्मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ । मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्वीकार्नुभयो । त्यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारीक लेटरहेडमा पत्र निकाल्यौं कि यदि उहाँबाट केही गल्ती भएको छ भने अनुसन्धान गर्नुस् हामी सघाउँछौं भनेर भनेका थियौं । अहिले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको पार्टीले त्यसो गरेको छ र ?’

उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भएपनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरेको उहाँले स्मरण गराउनु भयो ।