२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा

उपसभामुखको पत्र र भिजिट भिषा प्रकरण एउटै होइनः रास्वपा सांसद झा
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिषा प्रकरण एकै नभएको बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिवद्धता गरेको स्मरण गराउनु भयो । उहाँले हाल भिजिट भिषा प्रकरणमा गृहमन्त्री तानिदा नेपाली काँग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाउनुभयो । सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानविनमा सघाउन तयार भएपनि भिजिट भिषा प्रकरणमा काँग्रेसले त्यसो गर्नसमेत नचाहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘उपसभामुखज्युले उहाँको हस्ताक्षरसहित भिषाको अन्तरवार्ताको लागि डेट अलि वर सारिदिनुस् भनेर अमेरिकी राजदुतावासलाई लेखेको जुन पत्र थियो त्यो पत्र उहाँको हस्ताक्षरसहित रहेको पत्र यो परिसरभन्दा बाहिर नै निस्किएको थिएन । अर्को भिषाको लागि या भिजिट भिषाको लागि थिएन । अन्तरवार्ताको लागि मिति सारिदिनुस् भन्ने थियो । दोस्रो सम्बन्धित निकायमा त्यो पत्र दर्ता नै भएन । त्यो पत्र यत्तिकै संयन्त्रमा रह्यो र आगामी दिनमा यस्तो नहोस् भन्ने भयो । त्यसैले गर्दा यो परिसरभन्दा बाहिर गएकै छैन र सम्बन्धित निकायमा दर्ता भएको छैन भनेर सम्बन्धित निकायले नै प्रष्टिकरण दियो ।

उहाँको आफ्नै स्वीकारोक्ति त्यसपश्चात, र्मैले गल्ती गरेँ, यो लेख्न नहुने रहेछ । मबाट भूल भयो भनेर उहाँले त्यही बेला र आगामी दिनमा म यस्तोमा सचेत रहनेछु भनेर स्वीकार्नुभयो । त्यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारीक लेटरहेडमा पत्र निकाल्यौं कि यदि उहाँबाट केही गल्ती भएको छ भने अनुसन्धान गर्नुस् हामी सघाउँछौं भनेर भनेका थियौं । अहिले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको पार्टीले त्यसो गरेको छ र ?’

उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भएपनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिवद्धता व्यक्त गरेको उहाँले स्मरण गराउनु भयो ।