२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी

अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनु भयो । सरकारले अति गरेको खण्डमा काँग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिनुभयो । यस्तै भइरहे सरकारको बारेमा सोच्न नेतृत्वलाई घच्घच्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा अति केही पनि हुँदैन, गभर्मेण्टको असक्षमता हो । सरकारलाई वा प्रधानमन्त्रीजीलाई केही सुधार गर्नुपर्ने थियो भने समितिमा हुँदै गर्नुपर्दथ्यो । एकमत भएर आवाज आइसकेपछि सदनमा गइसकेपछि सदनको कार्यपुस्तिकामा आइसकेपछि यो नयाँ कुरा आयो । यो भन्दा अति केही पनि हुँदैन । यसले न सरकारलाई फाइदा गर्छ, सरकार आफैँ कमजोर हुँदैछ ।

यो भन्दा अति केही पनि हुँदैन । दुई वर्षको कुलिङ राख्नुपर्छ । छिटो भन्दा छिटो सदनमा विधेयक प्रश्तुत गरेर यो पास हुनुपर्छ । सरकारले ज्यादती गर्छ भने सरकार हुँदा पनि हामी औंला ठड्याउँछौँ । बजेट पनि बढो नाटकीय ढंगको छ । दाङको एयरपोर्ट जनतालाई खाँचो छ । सरकारको अत्याचार बढ्दै गयो भने सरकारको बारेमा पनि सोच्न बाध्य हुन्छौँ । नेतृत्वलाई घच्घच्याउँछौँ ।’

सांसद गिरीले कतिपय कुरा लोकतान्त्रिक पार्टीले सहनुपर्छ भनेर मात्रै सहेको बताउँदै अब धेरै सहन नसक्ने जिकिर गर्नुभयो । सभामुख पनि राम्रो ढंगले चल्नुपर्ने बताउनु भयो ।