५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याचार बढ्दै गए सरकारको बारेमा सोच्नुपर्छः सांसद गिरी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताउनु भयो । सरकारले अति गरेको खण्डमा काँग्रेसले सरकारको बारेमा पनि सोच्नसक्ने चेतावनी दिनुभयो । यस्तै भइरहे सरकारको बारेमा सोच्न नेतृत्वलाई घच्घच्याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा अति केही पनि हुँदैन, गभर्मेण्टको असक्षमता हो । सरकारलाई वा प्रधानमन्त्रीजीलाई केही सुधार गर्नुपर्ने थियो भने समितिमा हुँदै गर्नुपर्दथ्यो । एकमत भएर आवाज आइसकेपछि सदनमा गइसकेपछि सदनको कार्यपुस्तिकामा आइसकेपछि यो नयाँ कुरा आयो । यो भन्दा अति केही पनि हुँदैन । यसले न सरकारलाई फाइदा गर्छ, सरकार आफैँ कमजोर हुँदैछ ।

यो भन्दा अति केही पनि हुँदैन । दुई वर्षको कुलिङ राख्नुपर्छ । छिटो भन्दा छिटो सदनमा विधेयक प्रश्तुत गरेर यो पास हुनुपर्छ । सरकारले ज्यादती गर्छ भने सरकार हुँदा पनि हामी औंला ठड्याउँछौँ । बजेट पनि बढो नाटकीय ढंगको छ । दाङको एयरपोर्ट जनतालाई खाँचो छ । सरकारको अत्याचार बढ्दै गयो भने सरकारको बारेमा पनि सोच्न बाध्य हुन्छौँ । नेतृत्वलाई घच्घच्याउँछौँ ।’

सांसद गिरीले कतिपय कुरा लोकतान्त्रिक पार्टीले सहनुपर्छ भनेर मात्रै सहेको बताउँदै अब धेरै सहन नसक्ने जिकिर गर्नुभयो । सभामुख पनि राम्रो ढंगले चल्नुपर्ने बताउनु भयो ।