२३ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले उठाएको माग अनावश्यकः प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको माग अनावश्यक भएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो टिप्पणी गर्नुभएको हो । रास्वपाले उठाएको विषय सैद्धान्तिक रूपमा उचित नभएको उल्लेख गर्दै उहाँले रास्वपाले प्रतिष्ठाको विषय बनाएको जिकिर गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल २२ वटै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि छानविन गरिरहेको उल्लेख गर्दै सबै मन्त्रीहरूले राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस कुनैपनि शक्तिलाई निषेध गर्ने काम र लखेट्ने काम गर्दैन । ससम्मान सबैको अस्तित्वलाई स्वीकार गर्छ । त्यसकारण हामीले रास्वपालाई लखेट्ने, भित्तैमा पुर्याउने काम हुदैन । तर रास्वपाले अहिले जुन इस्यु उठाउनुभएको छ त्यो नउठाउनुपथ्र्यो । अब अहिले आएर उहाँहरुले प्रतिष्ठाको विषय बनाउनु भयो होला । तर उहाँहरुको यो इस्यु नै होइन । नेपालमा अहिले २२ वटा मन्त्रालय छन् । सबै मन्त्रालयका कुनै न कुनै कर्मचारीमाथि अख्तियारले छानविन गरिरहेको छ । के सबै मन्त्रालयले राजीनामा गर्ने ?’

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको उल्लेख गर्दै उहाँले मुद्दा अभियोजनपछि संलग्नताबारे थाहा हुने समेत बताउनु भयो ।