२ श्रावण २०८२, शुक्रबार
,
Latest
गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबिच भेटघाट एमालेभित्र विधि निर्माणको अन्योल अन्त्य भयोः महासचिव पोखरेल काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा विजय देवरकोन्डाको स्वास्थ्य बिग्रियो, डेंगुका कारण अस्पताल भर्ना मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामति ऐनबारे जसपा नेपालका सांसद अधिकारीको प्रतिक्रियाः सरकारले कानून बनाउने भए संसद किन चाहियो ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले संसदीय समितिबाट पारित भएको संघीय निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पारित हुनुपर्ने बताउनुभएको छ ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले संघीय निजामति ऐन संसदको कार्यसूचिमा चढाएपनि अघि बढेन । बिहीवारको प्रतिनिधि सभा बैठकको कार्यसूचिमै नराखिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

संघीय निजामति ऐन संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा रोक्न नहुने सांसद अधिकारीले बताउनु भयो । सरकारले नै कानून बनाउने हो भने किन संसदीय समिति चाहियो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्यालेण्डरमा आएर पनि हटेको अवस्था छ । त्यो संसदको समितिले एकमतले पारित गरेको विषयलाई कुनैपनि बहानामा कुनैपनि कारणमा केही पनि प्रपञ्च गर्न मिल्दैन । यसले संसदीय मर्यादा पालना गर्दैन । संसदीय मर्यादा पालन गर्नुपर्छ । नभए त्यो संसदीय समिति के कामको । प्रश्न उठिसकेको छ । सरकारले नै सबै चिज गर्ने र कानून पनि बनाउने हो भने किन संसद चाहियो । किन संसदबाट अनुमोदन गराउनुप¥यो । निजामति ऐन, जसरी समितिले जुन प्रकारले पेश गरेको छ, त्यसलाई त्यही रुपबाट संसदबाट अनुमोदन हुनुपर्छ ।’

उहाँले संसदले गर्ने निर्णय सबैले मान्नुपर्ने बताउनु भयो ।