२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद्ः सांसद शर्मा

विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखद्ः सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताउनुभएको हो । उहाँले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाउनु भयो ।

बजेट वक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्नुभन्दा पहिले म संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधकाबीचमा त्यसको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा हो यसप्रति दुःख व्यक्त गर्न चाहन्छु । समस्याको समाधान गर्न हामी किन सक्दैनौं ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो । समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन । त्यसकारण यस्तो संस्कार र यस्तो संस्कृति हामीले बसाल्न हुँदैन । यसको तत्काल समाधान खोज्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।

म दुःखका साथ भन्न चाहन्छु बजेट वक्तव्यमा हतार गरेर हामीलाई बोल्न नदिएर, सांसदहरुको अधिकारसमेत कटौती हुनेगरी हतारमा टुंग्याइयो त्यसप्रति पनि म दुःख व्यक्त गर्न चाहन्छु । वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा नपाउने हो भने के अर्थ छ हाम्रो ? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ म आपत्ति जनाउन चाहन्छु । विश्वयुद्धको संघारमा गइरहेको छ विश्व ।

यस्तो अवस्थामा हाम्रा लाखौं नेपालीहरु मध्यपूर्वमा हुनुहुन्छ उहाँहरुको सुरक्षाको लागि नेपाल सरकारले के कदम चाल्दैछ ? गम्भीर हुनुपर्ने आवश्यकता छ, मैले एक वर्ष पहिला भनेको थिएँ परिस्थिति त्यहाँ पुग्ने अवस्था छ, त्यसको लागि यहाँको उत्पादनतिर र रोजगारी सिर्जना गर्नेतर्फ बेलैमा छलफल गरौं भनेको कुरा स्मरण गराउन चाहन्छौं । त्यो त हामीले गरेनौं, अब उनीहरुको सुरक्षाका बारेमा सरकारले के गर्छ ? भन्ने गम्भीर प्रश्न उठेको छ । त्यहाँ चालिसौं लाख नेपाली हुनुहुन्छ भोलि युद्ध चर्किदा फिर्ता कसरी ल्याउँछौं ? सुरक्षा कसरी गर्छौं ? रोजगारी कसरी दिन्छौं ? खाना कसरी दिन्छौं ? धेरै गम्भीर विषय छ ।’

उहाँले मध्यपूर्वमा रहेका चालिसौं लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।