२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग

इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउन सांसदको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताउनु भयो । उहाँले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेको बताउँदै इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताउनुभयो । उहाँले यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरीतको नरसंहार रहेको बताउँदै सहन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि केही मात्रामा इरानमा नेपाली युवाहरू छन् । धेरै मात्रामा इजरायलमा छन् । त्यस कारण इरान र इजरायलमा हुने परिवारहरू आज विक्षिप्त छन् । उनीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था पनि छैन । सरकारले इजरायल र इरानमा रहेका नेपाली युवाहरूको अवस्था के कस्ता छ ? भन्ने जानकारी बुझेर सदनलाई जानकारी दिन आग्रह गर्न चाहन्छु । हामीलाई थाहा छ, विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेका छन् । यस क्रममा, इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएको छ । निर्दोष बालबालिका मारिएका छन्, महिलाहरू, वृद्धहरू मरेका छन् । २० लाख बढी बेघरबार भएका छन् । यो अन्तर्राष्ट्रिय कानुन विपरीत र मानवअधिकार विपरितको नरसंहार घटना कसैले पनि सहन सक्ने अवस्था छैन ।”  

पछिल्लो समय विभिन्न देशहरूबिच बढेको युद्धले तेस्रो विश्वयुद्धलाई निम्त्याइरहेको जिकिर गर्नुभयो । उहाँले विश्व युद्धले कुनै पनि मुलुकलाई ठिक नहुने बताउनु भयो ।