२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमाथि लागेको ९० दिनको प्रतिवन्ध हटेको अमेरिकी दुतावासको पुष्टी



अ+ अ-

काठमाडौँ । एमसीसीमाथि लागेको ९० दिनको प्रतिवन्ध हटेको छ । अमेरिकी दुतावासले यसको पुष्टी गरेको हो । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको थियो । खासगरी गत अप्रिल अन्तिम साता अमेरिकी सरकारको डिपार्टमेण्ट अफ गभर्नमेण्ट एफिसिएन्सीका प्रमुख एलन मस्कले एमसीसीका विश्वव्यापी कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि नेपालको एमसीसी परियोजनाको भविष्यमा अन्योल देखिएको थियो ।

तर, अमेरिकी दुतावासले पहिले लगाइएको प्रतिवन्ध हटेको संकेत गरेको छ । बुधवार राति जारी गरेको प्रेस स्टेटमेन्टमा दुतावासले सन् २०२५ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले ९० दिनको वैदेशिक सहायता स्थगन नियमबाट नेपाल कम्प्याक्टलाई हटाइएको  स्पष्ट पारेका छ । दूतावासकाअनुसार उक्त छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको पूर्ण कार्यान्वयन अनुमति दिइएको छ ।

अमेरिकाले नेपालको ऊर्जा र सडक पूर्वाधार सुधारका दुई प्रमुख परियोजनामा ५० करोड अमेरिकी डलर सहायता उपलब्ध गराउँदै आएको छ । नेपालले यो परियोजनामा आफ्नो तर्फबाट शुरुमा १५ करोड डलर लगानी गर्ने बताइएको थियो, जुन पछि बढाएर १० करोड ७० लाख डलर पु¥याइएको थियो । परियोजनामा थप ५ करोड डलरसमेत एमसीसी बोर्डले विनियोजन गर्ने निर्णय गरिसकेको थियो, जसबाट कुल लगानी ७४ करोड ९० लाख डलर पुग्ने अनुमान गरिएको छ ।

अमेरिकी दुतावासकाअनुसार एमसीसी र अमेरिकन मिसन इन नेपाल नेपाल सरकार तथा सरोकारवालासँग निरन्तर समन्वयमा रहेर पारदर्शिता, सुशासन, प्रभावकारी सेवा तथा जोखिम व्यवस्थापन सुनिश्चित गर्दै परियोजना कार्यान्वयनमा सहयोग गरिरहेको बताइएको छ । दुतावासका अनुसार संयुक्त राज्य अमेरिका नेपालको विकास तथा दीर्घकालीन समृद्धिका लागि प्रतिबद्ध छ र नेपाली जनताको पक्षमा कार्य गर्न निरन्तर सहकार्य गर्न इच्छुक  छ ।

एमसीसीले गत साता आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरणअनुसार सन् २०२६ का लागि कुल २२ करोड़ ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रश्ताव गरेको छ । यद्यपि एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढी प्रशासनिक खर्चका लागि छुट्याइएको छ ।

उक्त शिर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक  प्रतिवेदनमा उल्लेख छ । यस्तै कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रश्ताव गरिएको छ ।