६ श्रावण २०८३, बुधबार
,
Latest
इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र एसलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गर्नुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गर्नुभयो । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ? तपाईंको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली काँग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुप¥यो । नैतिक चरित्र बिना त देश चल्दैन होला, त्यसले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुप¥यो, सुन्दर हुनुप¥यो । त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ ।” 

नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गर्नुभयो ।