४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र एसलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गर्नुभएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गर्नुभयो । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ? तपाईंको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली काँग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुप¥यो । नैतिक चरित्र बिना त देश चल्दैन होला, त्यसले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुप¥यो, सुन्दर हुनुप¥यो । त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ ।” 

नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गर्नुभयो ।