८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द
अ+ अ-

एजेन्सी । इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडानहरू बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर ९पाँच हजार एक सय ९७ फिट० अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।

“पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ”, विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा एएफपीलाई बताएको छ ।

रद्द गरिएका उडानहरूमा अस्ट्रेलियाका सहरहरूमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवाहरू समावेश छन् । यस्तै एयर इन्डिया, एयर न्युजिल्याण्ड, सिङ्गापुरको टाइगरएयर र चीनको जुनेयाओ एयरलाइन्सले पनि ‘ज्वालामुखीका कारण’ उडानहरू रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ ।

जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा बाली जाने र आउने उडानहरू रद्द भएको पुष्टि गरेको छ ।

“पूर्वानुमानले आज रातिसम्म खरानीको बादल सफा हुने अपेक्षा गरिएको छ । नतिजाका रूपमा आज दिउँसोका उडानहरू आज साँझपछि सञ्चालन गर्न ढिलाइ हुनेछ”, जेटस्टारले भन्यो ।

फ्लोर्समा लोकप्रिय पर्यटकीय हटस्पट लाबुआन बाजोका लागि प्रस्थान गर्ने धेरै घरेलु एयरएसिया उडानहरू पनि रद्द गरिएका छन् ।

बालीको नगुराह राई विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय मार्गमा टापुभित्र र बाहिरका ३२ वटा उडान रद्द गरिएको बताएको छ ।

विमानस्थलका एक ग्राहक सेवा एजेन्टका अनुसार उडानहरू रद्द भए पनि उड्डयन हब अझै पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ ।

“यो मार्ग र एयरलाइन्समा पनि निर्भर गर्दछ”, नाम उल्लेख गर्न नमान्ने ती एजेन्टले भने ।

फ्लोरेस टापुको माउमेरे नजिकैको अपेक्षाकृत सानो विमानस्थल फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल बिहीबार बिहानसम्म बन्द गरिएको अधिकारीहरूले सामाजिक सञ्जालमा बताएका छन् ।