२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली भन्सार कार्यालयमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन



अ+ अ-

अत्तरिया । कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ रु १९ करोड ५१ लाख र अन्यतर्फ रु एक अर्ब ८० करोड ३९ लाख सङ्कलन गरेको छ ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६९ दशमलव ९९ प्रतिशत छ । चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी माघमा रु ७३ करोड दुई लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड ८० लाख, वैशाखमा रु ८१ करोड ८० लाख र जेठमा ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ । बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयातमा कमी हुनु तथा यस्तै विविध कारणले राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसकेको सूचना अधिकारी अर्यालले बताउनुभयो ।

गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु सात अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो । रासस