१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

ओलीमाथि खनिएका नेपाल भन्छन्- बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस्

ओलीमाथि खनिएका नेपाल भन्छन्- बालकोट पुगेर भुक्दैछन्, कोही डाक्टर भए उपचार गर्दिनुस्
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्नु भएको छ । 

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिनु भयो  । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाउनु भयो । 

अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गर्नु भयो । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उहाँको दावी थियो । अध्यक्ष नेपालले भन्नु भयो, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् । जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । 

तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भईसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत । बालुवाटारबाट बालकोट पुग्ने वित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । 

म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो । सुन्नुस् कस्तो हुन्छ ती विशेषता–जो आफूलाई ज्यादै स्र्माट सम्झिन्छ । त्यसको अर्को विशेषता–आफै जान्ने, अरु कोही नजान्ने भनेर अरुको कुरा सुन्दै नसुन्ने प्रवृत्ति हुन्छ । तेस्रो, उसले सबैको अनादर गर्छ । आफ्नो मात्रै आदरको चाहना राख्छ । त्यो नेतामा सिक्ने प्रवृत्ति हुँदैन । उसले जे बोल्छ, अमर्यादित कुरा मात्रै बोल्छ । कहिल्यै गल्ती स्विकार गर्दैन । कहिल्यै क्षमायाचना गर्दैन । सबैलाई हेप्ने प्रवृत्ति उसमा रहेको हुन्छ । आफूले गज्जव काम गरे भनेर गुड्डी हाँकेर हिँडछ । आफ्नै प्रशंशामा मग्न हुन्छ । अनि पीडाको भावनाले ग्रसित हुन्छ । यो कसमा छ ? जाँच्ने काम तपाईको । हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौ । हामी पहिले खुसी भएका थियौं ।

दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए । किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौं । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे । लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे । रोल्पा पु¥याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई दिल्लीसँगै लिएर गएर वार्ता र सहमती गराउने मान्छे । 

तत्कालीन राजा ज्ञानेन्द्रलाई युद्धलाई अन्त्य गरौं भन्दा सुनेको नसुनै गरे । त्यसपछि आफै हामीले पहल ग¥यौं । यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुशी भएको । झण्डै दुई तिहाईको अवस्था भएको देखिएको । हामी प्रफुल्ल भयौ तर त्यो उद्देश्य अर्कै रहेछ । त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँडीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यहीँ प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नु भयो । बैठकनै नगर्ने ।’

अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गर्नु भयो  । उहाँले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताउनु भयो । उहाँले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराउनु भयो ।