९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

चार कृषकसहित उपभोक्ता, विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत
अ अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ ।

अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो ।

गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा नं ८ सिम्पानीका रामकुमार पोखरेललाई गाउँपालिकाले पुरस्कृत गरेको छ । उत्कृष्ट कृषकलाई जनही नगद रु १५/१५ हजारको साथमा सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा उत्कृष्ट अङ्क ल्याएर कक्षा–१२ उत्तीर्ण गर्ने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा–८ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने अनुपमा बस्नेत पुरस्कृत हुनुभएको छ । पुरस्कृत विद्यार्थीहरुलाई जनही नगद रु सात/सात हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा माध्यमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा सिम्पानी माध्यमिक विद्यालय सिम्पानीका जगत बस्नेत, निम्न माध्यमिक तहका वर्ष शिक्षकमा विणा माध्यमिक विद्यालय लिकुवा पोखरीका मिलन तामाङ र प्राथमिक तहका वर्ष उत्कृष्ट शिक्षकमा माहाङ्कला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । पुरस्कृत शिक्षकहरुलाई जनही नगद रु सात/सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयतर्फ उत्कृष्ट लेखा कर्मचारीमा ईश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा बिपीन रोक्कालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने लेखा कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीलाई जनही नगद रु सात/सात हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।

विद्यालयतर्फ वर्ष उत्कृष्ट हुने माध्यमिक तहको विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार, निम्न माध्यमिक तहको वर्ष उत्कृष्ट हुने विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङ बजारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने विद्यालयलाई जनही नगद रु १५/१५ हजारको साथमा प्रमाणपत्र प्रदान गरेको छ ।

गाउँपालिकाले यस वर्ष गठन गरिएको निर्माण उपभोक्ता समितिमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । ईलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीलाई नगद रु १५ हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

वर्ष उत्कृष्ट कर्मचारीतर्फत एमआइएस अपरेटर रोशन पौडेल, उत्कृष्ट स्वास्थ्यकर्मीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उत्कृष्ट कार्यालय सहयोगीतर्फ आधारभूत अस्पताल इन्द्रेणीपोखरीकै केदार कार्कीलाई पुरस्कृत गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्ति तथा संस्थालाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित पुरस्कार वितरण गर्नुभएको हो ।

आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको पुरस्कृतहरुमध्येबाट धारण राख्नुहुने बलजित राईले प्रतिक्रिया दिनुभएको छ । “किसा भन्ने वित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ”, उहाँले भन्नुभयो, “म कृषक हुँ, मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसाला मिलेको छ ।”

गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विद्या निर्धारण गरेर वर्ष उत्कृष्ट व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको गाउँपालिका प्रमुख मुक्तिले बताउनुभएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा राजनीतिक दल, सरोकारवाला निकाय, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । रासस