५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

नेपाललाई स्कटल्यान्डविरुद्ध ९८ रनको लक्ष्य

नेपाललाई स्कटल्यान्डविरुद्ध ९८ रनको लक्ष्य
अ+ अ-

काठमाडौं। स्कटल्यान्डको ग्लासगोमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ९७ रनमै समेट्दै ९८ रनको लक्ष्य पाएको छ।

नेपालका स्पिनर सन्दीप लामिछानेले घातक प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

स्कटल्यान्डका माइकल लियस्कले ४६ रन बनाएका थिए भने कप्तान म्याथ्यु क्रसले १५ रन जोडे। स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा समेटिएको हो।

यो शृंखलामा नेपाल र स्कटल्यान्ड दुवैको दोस्रो खेल हो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग तीन सुपर ओभरसम्म लडेर पराजित भएको थियो। प्रतियोगितामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्।