२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौँ। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो खेल हो ।

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ। स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

नेपालले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पहिलोे पटक स्कटल्यान्ड्सको सामना गर्न लागेको हो । रासस