१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश गरेको हो ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका हुन् । गत जेठ ११ मा मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको थियो ।

उनी पछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । छुटेयता प्रहरीमा उपस्थित नभएका मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।

यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा पनि ३ लाख धरौटीमा छुटिसकेका छन् ।