२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु



Smoke billows amid reported building detonations by Israeli forces to the east and north of Jabalia city in the northern Gaza Strip at dawn on June 17, 2025. (Photo by Bashar TALEB / AFP)
अ+ अ-

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा ५० जनाको हत्या गरेको बताएको छ ।

नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार बिहान एक परोपकारी सहायता केन्द्रमा पिठो लिन हजारौँ प्यालेस्टिनी भेला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।

“इजरायली ड्रोनहरूले नागरिकहरूमा गोली हाने । केही मिनेटपछि इजरायली ट्याङ्कहरूले नागरिकहरूमा धेरै गोली हाने, जसले गर्दा ठूलो सङ्ख्यामा शहीद र घाइते भए” उहाँले भन्नुभयो ।

इजरायली सेनाले एएफपीलाई उक्त घटनाको ‘जाँच’ गरिरहेको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले पछि घटनाको परिणाम स्वरूप ‘५१ जना शहीद र दुई सयभन्दा बढी घाइते नासेर मेडिकल कम्प्लेक्समा आइपुगेका छन्, जसमा २० जनाको अवस्था गम्भीर छ’ भनेको छ ।

गाजा पट्टी इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच २० महिनाभन्दा बढीको युद्धले ध्वस्त भएको छ र जमिनमा स्थिति निरन्तर बिग्रिरहेको छ ।

हमासद्वारा प्रशासित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार इजरायलले मार्च १८ मा युद्धविरामपछि यस क्षेत्रमा आक्रमण पुनः सुरु गरेदेखि पाँच हजार एक सय ३९ जनाको मृत्यु भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्युको सङ्ख्या ५५ हजार चार सय ३२ पुगेको छ ।