११ श्रावण २०८३, सोमबार
,
Latest
पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व भारतीय स्पिनर अश्विनमाथि बल टेम्परिङको आरोप



अ+ अ-

एजेन्सी । पूर्व भारतीय स्पिनर रविचन्द्रन आश्विनमाथि बल टेम्परिङको आरोप लागेको छ ।

उक्त आरोप तमिलनाडु प्रिमियर लिगमा भाग लिइरहेको मदुरै प्यान्थर्स टोलीले लगाएको हो । यति मात्र होइन, फ्रान्चाइजीले यस विषयमा लिगका सीईओ प्रसन्ना कन्ननलाई पनि गुनासो गरेको छ ।

मदुरै प्यान्थर्सले उजुरीमा भनेको छ– जुन १४ मा एससीएफ क्रिकेट मैदानमा खेलिएको खेलमा अश्विन र उनको टोलीले बलसँग छेडछाड गरे । अश्विन र उनको टोलीले तौलिया प्रयोग गरे जसमा विशेष प्रकारको रसायन लगाइएको थियो । यसले बलको अवस्था परिवर्तन गर्यो । ब्याटको सम्पर्कमा आउँदा बलले धातुको आवाज निकाल्यो । बारम्बार चेतावनी दिँदा पनि, अश्विन र उनको टोलीले सुनेनन् ।’

डिन्डिगुल ड्र्यागन्सले त्यो खेल ९ विकेटले जित्यो । सो खेलमा आश्विनले कुनै विकेट लिएनन् । उनले ४९ रनको इनिङ खेले ।