एजेन्सी । पूर्व भारतीय स्पिनर रविचन्द्रन आश्विनमाथि बल टेम्परिङको आरोप लागेको छ ।
उक्त आरोप तमिलनाडु प्रिमियर लिगमा भाग लिइरहेको मदुरै प्यान्थर्स टोलीले लगाएको हो । यति मात्र होइन, फ्रान्चाइजीले यस विषयमा लिगका सीईओ प्रसन्ना कन्ननलाई पनि गुनासो गरेको छ ।
मदुरै प्यान्थर्सले उजुरीमा भनेको छ– जुन १४ मा एससीएफ क्रिकेट मैदानमा खेलिएको खेलमा अश्विन र उनको टोलीले बलसँग छेडछाड गरे । अश्विन र उनको टोलीले तौलिया प्रयोग गरे जसमा विशेष प्रकारको रसायन लगाइएको थियो । यसले बलको अवस्था परिवर्तन गर्यो । ब्याटको सम्पर्कमा आउँदा बलले धातुको आवाज निकाल्यो । बारम्बार चेतावनी दिँदा पनि, अश्विन र उनको टोलीले सुनेनन् ।’
डिन्डिगुल ड्र्यागन्सले त्यो खेल ९ विकेटले जित्यो । सो खेलमा आश्विनले कुनै विकेट लिएनन् । उनले ४९ रनको इनिङ खेले ।










