१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरभित्र तीन महिनासम्म सडक र फुटपाथ खन्न रोक



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौसम्म सार्वजनिक सडक र फुटबाट खन्न स्वीकृति नदिने भएको छ ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले आज सूचना सार्वजनिक र्गै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक तथा फुटपाथ खन्न सहमति दिने कार्य रोकिएको जानकारी दिएको हो ।

वर्षात्का बेला सडक खन्दा धेरै क्षति पुग्ने र हिलाम्ये भएर हिँडडुल गर्नसमेत समस्या हुने भएकाले महानगरले यस्तो निर्णय गरेको बताइएको छ ।

अझ विकासका नाममा आर्थिक वर्षको अन्तिम महिना असारमा बढी काम हुने गरेको छ । तर यति बेला हतारमा गरिएको कामको गुणस्तरसमेत हुँदैन ।