५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी-सेभेन बैठक छाडेर किन फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प ?



अ+ अ-

न्यूजपोलार ए.आई.

  • जी सेभेनको बैठक नसकिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएका छन्
  • राष्ट्रपति ट्रम्प सबै कार्यक्रम छाडेर फर्किएका हुन्
  • मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको

काठमाडौं । विश्वका धनी देशहरुको समूह जी सेभेनको बैठक नसकिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएका छन् ।

क्यानडामा सम्मेलन जारी भएपछि राष्ट्रपति ट्रम्प सबै कार्यक्रम छाडेर फर्किएका हुन् ।

क्यानडा र अमेरिकी समय अनुसार सोमबार बिहान नै राष्ट्रपति ट्रम्पले जी सेभेनका सबै कार्यक्रम छाडेका हुन् ।

उनले केही समय अघि मात्र मध्यपूर्वको अवस्थाका कारण आफू फर्कन बाध्य भएको कुरा बताएका छन्। यसैगरी, रिपब्लिक विधायक थोमस मासले यस युद्धमा अमेरिका संलग्न हुनु नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यो युद्धमा अमेरिका संलग्न हुने भए त्यो प्रस्ताव कांग्रेसबाट पारित हुनुपर्ने उल्लेख गरेका छन् ।

फोटो- रासस/ एफपी