५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई १५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध १५३ रनको लक्ष्य पाएको छ।

ग्लास्गोस्थित टिटउड मैदानमा सोमबार टस जितेर फिल्डिङ रोजेको नेपालसँग नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।

नेदरल्यान्ड्सका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले २५, माइकल लेभिटले २० र म्याक्स ओडाउडले १९ रन जोडे।

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, नन्दन यादवले २ विकेट तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए। अब नेपालले लक्ष्य पछ्याउँदै विजयी सुरुवात गर्ने लक्ष्यसहित ब्याटिङ गर्नेछ।