६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध सन्दीप लामिछानेको एकै ओभरमा दुई विकेट



अ+ अ-

काठमाडौँ। स्कटल्याण्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपाल अहिले नेदरल्यान्ड्सविरुद्ध बलिङ गरिरहेको छ।

डच टोलीले तीव्र सुरुवात गरे पनि ७ ओभरभित्र ३ विकेट गुमाएको छ। म्याक्स ओडाउटलाई ललित राजवंशीले १९ रनमा आउट गराएका थिए।

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै मिचेल लेभिट (२० रन) बोल्ड आउट गराए भने कप्तान स्कट एडवार्डट्सलाई १ रनमा क्याच गराए।

नेपालका रुपेश सिंह र किरण ठगुन्नाले यस खेलबाट अन्तर्राष्ट्रिय टी–२० डेब्यु गरेका छन्।