३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं। स्कटल्यान्डमा सुरु भएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्।

यो नेपालका लागि टी–२० अन्तर्राष्ट्रियको १००औँ खेल हो। शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालका दुई मुख्य अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा घाइते हुँदा टोलीबाहिर छन्।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।