१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी अपडेटः ९८७ जनाको शव फेला, करिव ४ हजार बेपत्ता जाने होइन त हेर्न जीवित सङ्ग्रहालय ? खेतमा पानी पुगेपछि किसान खुसी रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना, एक छात्राको मृत्यु



अ+ अ-

काठमाडौँ । कलंकीस्थित एक स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । ईडिफाई इन्टरनेशनल स्कुलमा भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा शिक्षक, विद्यार्थी र चालकसहित ७ जना घाइते भएका छन् । स्कुलकै भ्यान बाहिर निस्कने क्रममा गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षीया छात्रा सोनाक्षी यादवको सहिद मेमोरीयल अस्पतालमा उपचारको क्रममा साढे १ बजेतिर मृत्यु भएको हो ।

घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का, ९ वर्षीया प्रेमिसा घर्तिमगर, प्रअ ४६ वर्षीय को सुरज पोखरेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की रहेका छन् । उनीहरूको बयोधा र नेपाल नेशनल अस्पतालमा उपचार जारी छ ।