३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको यात्रा प्रतिबन्ध सूचीमा यी ३६ देशहरू थप्न सक्ने, किन प्रवेशमा प्रतिबन्ध लगाइँदैछ ?



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राष्ट्रिय सुरक्षा खतरालाई उद्धृत गर्दै थप ३६ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने विचार गरिरहेको छ ।

यस महिनाको सुरुमा १२ देशका नागरिकहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।

विदेश सचिव मार्को रुबियोद्वारा हस्ताक्षर गरिएको कूटनीतिक केबलमा विदेश विभागले संलग्न देशहरूको बारेमा चिन्ताहरू प्रकाश पारेको छ र सुधारात्मक कारबाहीको माग गरेको छ ।

राहदानीको सुरक्षामाथि पनि प्रश्न उठ्यो
विभागले चिन्ताजनक ३६ देशहरू पहिचान गरेको छ, जसका नागरिकहरूले ६० दिनभित्र स्थापित मापदण्ड र आवश्यकताहरू पूरा नगरेमा प्रवेशमा प्रतिबन्ध लगाउन वा स्वदेश फिर्ता पठाउन सिफारिस गरिने सम्भावना छ ।

यो केबल पहिलो पटक द वाशिंगटन पोस्टले रिपोर्ट गरेको थियो । केबलमा उठाइएका चिन्ताहरूमा केही देशहरूमा भरपर्दो पहिचान कागजातहरू सिर्जना गर्न सक्षम संस्थाको अभाव समावेश छ । राहदानीको सुरक्षाको बारेमा पनि प्रश्न उठाइएको छ ।

यदि आगामी ६० दिनभित्र यी समस्या समाधान भएन भने यी देशका नागरिकहरूलाई प्रतिबन्ध लगाउन सकिन्छ । जसअनुसार अंगोला, एन्टिगुआ र बारबुडा, बेनिन, भुटान, बुर्किना फासो, काबो भर्डे, कम्बोडिया, क्यामरुन, कोट डीुआइवर, प्रजातान्त्रिक गणतन्त्र कंगो, जिबूती, डोमिनिका, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, किर्गिस्तान, लाइबेरिया, मलावी, मौरिटानिया, नाइजर, नाइजेरिया, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, साओ टोम र प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, सिरिया, तान्जानिया, टोंगा, तुभालु, युगान्डा, भानुआटु, जाम्बिया र जिम्बाब्वे समावेश छन् ।