७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा दुई हजार एक सय किलो गाँजा र ट्रक बरामद



अ+ अ-

धरान । धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद गरेको छ ।

आज बिहान भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नंको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकबाट बोरामा प्याक गरिएको ७० बोरा गाँजा र ३१ बोरा अदुवा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाले जानकारी दिनुभयो ।

ट्रकका चालक र गाँजा ल्याउने व्यक्ति भने फरार रहेकाले खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताउनुभयो । बरामद गाँजा, अदुवा र ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।