काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन भएका डा केशव श्रेष्ठलाई प्रहरीले सकुशल उद्दार गरेको छ । बालाजुको एउटा घर वा होटलमा उनी फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीसँगको सोधपुछको क्रममा उनले आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।
श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली पुर्याईदै छ ।
यसअघि आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको बताउदै फेसबुकमा लामो सुसाइड नोट लेखेर उनी सम्पर्कबिहिन भएका थिए ।
यो पनि पढ्नुहोस्ः फेसबुकमा पीडा व्यक्त गर्दे सम्पर्कविहीन बने डाक्टर केशव श्रेष्ठ










