४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ नगर्न माग गर्दे दिलभूषण उच्च अदालत पाटनमा



अ+ अ-

काठमाडौं ।आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पत्रकार दिलभूषण पाठकले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका छन् ।

आईतबार दर्ता भएको रिटको सुनुवाईका लागि न्यायाधीश ऋषिराज भण्डारीको इजलास तोकिएको छ । पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।

पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। रिपोर्टका आफनो चरित्रहत्या भएको दाबी सहित देउवाले प्रहरीको साइवर व्युरोमा उजुरी दिनुभएको थियो ।