८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ: मेयर

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ: मेयर
(250609) -- LOS ANGELES, June 9, 2025 (Xinhua) -- Los Angeles Police Department police officers try to disperse protesters in front of the Los Angeles Federal Detention Center, in Los Angeles, California, the United States, June 8, 2025. More than 1,000 protesters clashed and faced off with National Guard troops in downtown Los Angeles on Sunday during the latest demonstrations against immigration raids that swept across California over the weekend. (Photo by Qiu Chen/Xinhua)
अ+ अ-

एजेन्सी । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही दिन’ जारी रहने मेयर करेन बासले आइतबार बताउनुभएको छ ।

यो नवौँ दिनको प्रदर्शन हो जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य समर्थित दमनकारी कारबाही सुरु गर्न बाध्य बनाएको छ ।

डेमोक्रेट नेतृत्वको क्यालिफोर्नियाको भारी ल्याटिनो जनसङ्ख्या भएको सहरमा कागजातविहीन आप्रवासीहरूलाई पक्रन ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन छापाको विरोधमा प्रदर्शनकारीहरूले जुन ६ देखि विरोध प्रदर्शन सुरु गरेका थिए ।

र्‍यालीहरू प्रायः शान्तिपूर्ण र डाउनटाउन लस एन्जलसको सानो क्षेत्रमा सीमित छन्, तर छिटपुट र आँखा खिच्ने हिंसाले बिगारेको छ । र्‍यालीलाई रिपब्लिकन ट्रम्पले चार हजार नेसनल गार्ड र सात सय मरिन पठाउने बहानाको रूपमा प्रयोग गर्नुभएको छ ।

स्थिति नियन्त्रणमा रहेको दाबी गर्ने स्थानीय अधिकारीहरूको विरोधका कारण यो असाधारण तैनाथी भएको हो ।

बासले तोडफोड र लुटपाटका घटनाहरू रोक्नका लागि विरोध प्रदर्शनको मुटुमा रहेको डाउनटाउन क्षेत्रमा जुन १० मा रातभर कर्फ्यू जारी गर्नुभएको थियो ।

आइतबार उहाँले हिंसात्मक घटनाहरूका पछाडि रहेका व्यक्तिहरूको सङ्ख्या ‘कम हुनेछ’ भन्ने आशा गरिरहेको बताउनुभयो ।

“त्यसैले मलाई थाहा छ कर्फ्यू कम्तीमा केही दिनसम्म चल्नेछ”, स्थानीय समाचार च्यानल केटिएलएसँगको टेलिभिजन अन्तर्वार्तामा अझ कति दिन लाग्ने भनेर भविष्यवाणी गर्न नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीलाई थाहा छैन कति छापाहरू हुनेछन्, हामीलाई थाहा छैन छापाहरूको प्रकृति के हुनेछ र हरेक पटक त्यस्तो हुँदा यसले सहरमा धेरै रिस उत्पन्न गर्छ ।”

प्रदर्शनबाट अप्रभावित देखिनुभएका ट्रम्पले आइतबार सङ्घीय अधिकारीहरूलाई लस एन्जेलस सहित उनीहरूको निर्वासन प्रयासहरू बढाउन निर्देशन दिनुभयो ।

बासले लस एन्जलसमा अध्यागमन तथा भन्सार प्रवर्तन ९आइसिई० एजेन्सीले छापा मारेको आक्रोश र डरको उल्लेख गर्नुभयो ।

“मानिसहरू आफ्नो घर छोड्न डराउँछन् । छापाहरूले कहिलेकाहीँ ‘अन्धाधुन्ध’ लाग्छन्”, उहाँले भन्नुभयो, “यो संयुक्त राज्य अमेरिका हो । यदि तपाईँ सार्वजनिक रूपमा बाहिर जानुहुन्छ भने तपाईँले आफ्ना कागजातहरू देखाउनु पर्दैन । यो लक्षित छ भनेर विश्वास गर्न मलाई गार्‍हो छ ।”

ट्रम्पले सामाजिक सञ्जालमा आइसिई एजेन्टहरूलाई ‘हिंसा, उत्पीडन र धम्कीहरू’ को सिकार भएको बताउनुभयो र उनीहरूलाई सामूहिक निर्वासनलाई प्रभाव पार्न ‘आफ्नो शक्तिमा सबै गर्न’ आदेश दिनुभयो ।

शनिबार ठूला र्‍याली र मार्चपछि आइतबार लस एन्जेलस प्रायः शान्त थियो । देशभरका ट्रम्प विरोधी ‘नो किङ्ग्स’ शृङ्खलाका प्रदर्शनहरूको हिस्सास्वरूप हजारौँ मानिसले छापाहरू र सैन्य दमनको निन्दा गर्न भाग लिएका थिए ।

प्रदर्शनकारीहरूको सानो समूहले घमाइलो दिउँसो कानून प्रवर्तनको निगरानीमा सिटी हलको वरिपरि मार्च गरेको थियो । प्रर्दशनमा बिकिनी लगाएका केही महिलाले ‘हट गर्ल समर मेल्ट आइसिई’ जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू बोकेका थिए ।