१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको छः महामन्त्री थापा

देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको छः महामन्त्री थापा
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताउनु भएको छ । 

महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनु भएको हो । विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनु भयो । 

महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अवको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहो¥याउनु भयो । उहाँले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५÷३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०÷१५ वर्षमात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । 

त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ । धेरै कुरा बिग्रेको छ, हामी सम्हाल्छौं । जम्मा एउटा कुरा चाहिएको छ–सकारात्मक सोच्ने तन्नेरीहरु । हाम्रो तन्नेरीहरुसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अव सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होईन, सोलुशन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’  जसले पनि देखाउन सक्छ । ‘प्रवलम’  देखाउने बहादुर होइन् सोलुशन खोज्ने मानिस बहादुर हो ।’

महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यक्ता नभएको स्पष्ट पार्नु भयो ।