६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाक्षेत्रका सैनिकलाई मार्सल आर्ट सिकाउदै चीन



अ+ अ-

बेइजिङ । भारतसँगको सीमामा झडप भएपछि चीनले आफ्ना सैनिकलाई प्रशिक्षण दिन २० जना मार्सल आर्ट प्रशिक्षकलाई तिब्बत पठाएको जनाएको छ । आधिकारिक प्रतिक्रिया नजाइए पनि सो निर्णय भारत र चीनका सेनाबीच सीमा क्षेत्रमा भएको हिंसापछि चालिएको कदम हो । दुई देशका सेनाबीच सीमाक्षेत्रमा दुई साताअघि भएको भीडन्तमा कम्तीमा २० भारतीय सेनाको मृत्यु भएको थियो । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चीनले भने हालसम्म आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन । सन् १९९६ मा गरिएको एक सम्झौता अनुसार सीमा क्षेत्रमा खटिएका भारत र चीनका सेनाले बन्दुक, बम वा विस्फोटक पदार्थ बोक्न पाउदैनन् । उक्त भिडन्तमा चिनिया पक्षले घरेलु हतियारको प्रयोग गरेको जनाइएको छ ।

हङकङका सञ्चार माध्यमका अनुसार मार्सल आर्ट प्रशिक्षक खटाइने समाचार चीनका आधिकारिक सञ्चार माध्यमले जुन २० तारिखमा उल्लेख गरेका थिए । सरकारी प्रसारक सीसीटीभीका अनुसार एन्बो फाइट क्लबका २० जना प्रशिक्षक तिब्बतको राजधानी ल्हासामा पठाइएको हो । आणविक हतियारसम्पन्न भारत र चीनबीच जुन १५ मा लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भिडन्त भएको हो । उक्त घटनाप्रति दुवै देशले एक अर्कालाई आरोप लगाउंदै आएका छन् ।

प्रतिकूल मौसम रहेको उच्च हिमाली क्षेत्र अक्साइ चीन भनिने विवादित क्षेत्रमा पर्छ जसमा भारतको दाबी भए पनि चीनको नियन्त्रण रहिआएको छ । भारत र चीनबीच सीमामा लामो समयदेखि सीमाका कारण तनाव हुंदै आएको छ । तर सीमा झडप कै कारण भने चार दशकभन्दा बढी समयपछि सैनिकको मृत्यु भएको हो ।

भारत र चीनबीच सन् १९६२ मा सीमायुद्ध भएको थियो । उक्त युद्धमा भारत नराम्ररी पराजित भएको थियो । भारतले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र चीनले ओगटेको आरोप लगाउंदै आएको छ । पछिल्लो समय चीनले नियोजित रुपमा सीमाक्षेत्रमा सैनिको उपस्थिति बढाउँदै लगेको भारतको आरोप छ । दुई देशबीच सीमा विवादबारे पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान निस्कन सकेको छैन । कान्तिपुर दैनिक