६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा



अ+ अ-

नेपाली काँग्रेस सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि आरोप नलागेकाले राजीनामा दिइरहन नपर्ने बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद जबराले गृहमन्त्रीमाथि कुनै आरोप नै नलागी राजीनामा दिन आवश्यक नरहेको बताउनुभएको हो ।

उहाँले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भने अख्तियारले छानविन गरी स्पष्ट पार्ने बताउनु भयो । मुख्य आरोपित गृहमन्त्री नभइ सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘छानविन अख्तियारले शुरु गर्नुपर्छ । मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव होइन । सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ । तर जोडिएको छ की छैन भनेर पुष्टि नभइकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन । केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्दथ्यो ।’

सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने बताउनु भयो ।