३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपाल १२ औ बर्षमा प्रवेश , यस्ता छन् आगामी योजना



अ+ अ-

काठमाडौं। निजी क्षेत्रको पहिलो समाचार सेवा प्रदायक संस्था न्युज एजेन्सी नेपाल (नान) १२ औ बर्षमा प्रवेश गरेको छ । १२ औँ बार्षिक उत्सवका अबसरमा एजेन्सीले प्रविधिको अधिकतम प्रयोग गरी समाचार सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

अध्यक्ष प्रधान सम्पादक कृष्णा पौडेल पत्रकारिताको सिद्धान्त र नैतिकतालाई शिरोपर गर्दै सोही अनुसार काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विश्वसनीयता र तटस्थता नै आफुहरुको प्रतिवद्धता रहेको उल्लेख गर्दे

स्थापनाकालदेखि नै न्युज एजेन्सी नेपालले विश्वसनीय, सन्तुलित र तटस्थ समाचार सम्प्रेषणलाई आफ्नो मूल धर्म मान्दै आएको छ। हामी कुनैपनि पूर्वाग्रहबिना तथ्यमा आधारित सूचना प्रवाह गर्न कटिवद्ध रहेको जनाउनु भएको छ । उहाँले भन्नुभयो सूचनाको यो महासागरमा सत्यको खोजी र निष्पक्षताको पत्रकारिता आजको आवश्यकता हो भन्ने कुरामा हामी विश्वस्त छौं र यसलाई हामीले कहिल्यै बिर्सने छैनौँ।

एजेन्सीले अभाव र संकटमा सशक्त उपस्थिति जनाएको स्मरण गर्दे उहाँले २०७२ सालको विनाशकारी भूकम्प वा कोभिड-१९ महामारीको अभाव र संकटका घडीमा न्युज एजेन्सी नेपालले अग्रपंक्तिमा रहेर सत्यतथ्य सूचना सम्प्रेषण गर्दै जनचेतना जगाउने र समाजलाई सही दिशामा डोर्‍याउने भुमिका निर्वाह गरेको जनाउनु भयो ।

उहाँले आगामी योजना र प्रतिवद्धता अनुसार न्युज एजेन्सी नेपालले समयको परिवर्तनसँगै आफूलाई अद्यावधिक गर्दै प्रविधिको अधिकतम प्रयोग गरी समाचार सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जानकारी गराउनुभयो । डिजिटल प्लेटफर्महरूमा आफ्नो पहुँच विस्तार गर्दै, नवीनतम प्रविधि अपनाएर सूचना प्रवाहलाई थप द्रुत र व्यापक बनाउने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ ।