रुद्रप्रयाग । आइतबार बिहान करिब पौने ६ बजे केदारनाथ नजिकै गौरीकुण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट सहित सबै ७ यात्रुको मृत्यु भएको छ ।
मृतकहरूमा महाराष्ट्रका एक २ वर्षीय बालक पनि छन् । हेलिकप्टर केदारनाथ मन्दिरबाट तीर्थयात्री बोकेर गौरीकुण्ड उडेको थियो ।
प्रारम्भिक जानकारी अनुसार खराब मौसम दुर्घटनाको कारण भएको बताइएको छ । हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।
हेलिकप्टरमा उत्तर प्रदेश–महाराष्ट्रका २–२ जना र उत्तराखण्ड र गुजरातका १–१ जना यात्रु थिए । पाइलट राजवीर सिंह चौहान राजस्थानको जयपुरका बासिन्दा थिए ।
यसैबीच, चार धाम यात्रा हेलिकप्टर सेवामा प्रतिबन्ध लगाइएको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले भने – हेली सेवा सञ्चालनको सम्बन्धमा कडा नियम बनाइनेछ । यसमा उडान अघि हेलिकप्टरको प्राविधिक अवस्था जाँच गर्न र मौसमको सही जानकारी लिन अनिवार्य गरिनेछ ।










