काठमाडौँ । प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसद भने बाहिरिएका छन् ।
सभामुखले समय दिएका थिए तर, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले आफूहरु नबोल्ने बताए ।
अर्कोतर्फ रास्वपाका सांसद बेल घेराउ गर्दै निरन्तर नारावाजी गरिरहेका छन् ।
दुई दलको विरोधकाबीच प्रतिनिधिसभा बैठक जारी छ ।










