१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल

कुर्था–जयनगर रेल सेवाको परीक्षण सफल
अ अ+ अ-

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेलको आज सफल परीक्षण गरिएको छ ।  

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भइरहेका बेला आज लामो समयसम्म थन्किएको सो रेलको परीक्षण गरिएको हो । भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट गत विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ । पाकिङ गरी राखिएका रेलको आज परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जन झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायत टोलीलाई चढाएर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म करिब ३९ किलो मिटरको सो रेल्वे लिकमा रेलको परीक्षण गरिएको छ । 

रेलको सफल परीक्षण पश्चात नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक झाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै छिट्टै रेल सेवा सञ्चालको तयारी भइरहेको बताउनुभयो । “अहिले न्यूनतम आवश्यकताका आधारमा ६० कर्मचारीलाई नियुक्त गरी रेल चलाउने तयारी गरेका छौँ”, महाप्रबन्धक झाले भन्नुभयो, “नियुक्त भएका कर्मचारीको तालिम सोमबार सञ्चालन गर्ने छौँ, तालिम दिएर ती कर्मचारीलाई काममा परिचालन गरिने छौँ ।” यसबाहेक रेल सञ्चालनका लागि भारतीय पक्षबाट समेत २४ मध्ये १४ कर्मचारी आइसकेको उहाँले बताउनुभयो । 

उद्घाटनपछि तत्कालका लागि दिनमा एकपटक आउने र एकपटक जाने गरी रेल चलाउने तयारी भइरहेको जानकारी दिँदै महाप्रबन्धक झाले १५ दिनपछि यात्रुको चाप र आवश्यकताअनुसार दिनमा दुई÷तीन पटकसम्म पनि रेल चलाउन सकिने बताउनुभयो । रेल्वे लिकमा रहेका क्लीप चोरी भइरहेको र अझै पनि ठाउँठाउँमा रेल्वे लिकमै हाट बजार लगाउने गरेकाले रेल सञ्चालनमा कठिनाइ हुन सक्ने जनाउँदै उहाँले यसमा सबै पक्ष सचेत भएर सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताउनुभयो ।  

यसअघि गत मङ्गलवार मात्र भारतीय रेल्बे कम्पनी कर्पोरेसन (कोंकण) का कार्यकारी निर्देशक डा मनोज सिंह नेतृत्वको टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधारको निरीक्षण गरेको थियो । 

भारतीय रेल्बे कम्पनी कर्पोरेसनबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन नसकेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर यात्रा गर्न पाउने धोको बोकेका नागरिक यतिबेला रेल चल्ने प्रतिक्षामा बसिरहेका छन् ।