१ श्रावण २०८२, बुधबार
,
Latest
राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित अख्तियारको ध्यानाकर्षण गराउने विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ निर्वाचित पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण मन्त्री बलराम अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन ज्येष्ठ नागरिकका बारेमा जनचेतना जरुरी छ : प्रदेश प्रमुख भट्ट साहित्यिक पत्रकार पन्थी र साह सम्मानित पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण



अ+ अ-

राँझा, (बाँके) । कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिनुभयो ।

“हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ”, अध्यक्ष खनालले भन्नुभयो, “हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छौं ।”

कोहलपुर –१ का थप सात सय ७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको आयोगले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमिसम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूले समेत जिम्मेवारपूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिनुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका–१ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ ।

बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताउनुभयो । उहाँले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो । रासस