१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा प्रचण्ड गर्मीः जनजीवन प्रभावित



अ+ अ-

एजेन्सी । भारतको राजधानी दिल्लीमा पछिल्लो केही दिनदेखि प्रचण्ड गर्मीले मानिसहरुको जनजीवन प्रभावित भएको छ ।

पछिल्लो केही दिनदेखि दिल्लीमा अधिकतम तापक्रम ४० डिग्री पुगेपनि लू चल्दा मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भइरहेको हो ।

आपदा प्रवन्धन प्राधिकरणले पछिल्लो केही दिनदेखि सर्वसाधारणको मोबाईलमा सन्देश पठाएर भारतीय मौसम विभागले पूरै दिल्लीमा “लू” को रेड अलर्ट जारी गरेकाले आफूलाई हाइड्रेट राख्न, चिसो राख्न र घामबाट बच्न परामर्श जारी गरिरहेको छ ।

विशेष गरी फिल्डको काम गर्ने मानिसहरु गर्मीबाट बढी प्रभावित भएका छन् भने बिहान र बेलुका कार्यालय जाने सर्वसाधारणले समेत समस्या झेलिरहेका छन् । तापमान ४०–४२ डिग्री सेल्सियस पुगेको भएपनि कतिपयले भने तापमान ५० डिग्री सेल्सियस नाघेको गर्मी अनुभव गरिरहेका छन् । कतिपय दिल्लीवासीले पंखा र कुलरले कामै नगरेको अनुभव सुनाएका छन् ।

गर्मीका कारण मानिसहरु बाहिर निस्कनबाट बच्ने प्रयास गरिरहेका छन् भने बाहिर निस्कनै परे मेट्रो रेलको प्रयोग बढी गरिरहेका छन् । रातको समयमा पनि गर्मीबाट राहत नभइरहेको सर्वसाधारणहरुको भनाई छ ।

आज दिल्लीमा अधिकतम तापमान ४० डिग्री सेल्सियल्स रहने अनुमान गरिएको छ भने भारतीय मौसम विभागले आज दिल्लीमा सामान्य पानी पर्नसक्ने पूर्वानुमान गरेको छ ।