३ भाद्र २०८३, बुधबार
,
Latest
बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी



अ+ अ-

न्यूजपोलार ए.आई.

ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर

आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्ने

ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गर्नुभएको थियो। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ। यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने छ। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।