५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाउद्वारमा खेलमैदान निर्माण



अ+ अ-

न्यूजपोलार ए.आई.

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण

२१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण

छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद

पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पोखोबारी सम्माएर खेलमैदान बनाएका हौँ ।”

डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्९ा तिलिजाले रु दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गर्नुभएको छ । रु छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गर्नुभएको छ । क्लवमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गर्नुभएको छ । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूूर्वाधार तयार गर्न बाँकी छन् ।

खेलमैदान निर्माण भएपछि पाउद्धारका युवा युवतिलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । रासस