१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘ए’ डिभिजन लिगः मच्छिन्द्र, मनाङ र आर्मीलाई सफलता

‘ए’ डिभिजन लिगः मच्छिन्द्र, मनाङ र आर्मीलाई सफलता
अ अ+ अ-

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिज लिग अन्तर्गत शनिबारको खेलमा जित निकालेका छन् । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १–० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङ्ले च्यासल युथ क्लबलाई ५–० ले हराउँदा शनिबार सुखद नतिजा निकालेका हुन् । यस्तै दशरथ रंगशालामा नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यूरोड टिम (एनआरटी)लाई १–० ले हराएको छ । 

शीर्ष स्थानमा रहेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्सविरुद्ध अंक खोस्न आत्मघाटी गोल कुर्नु प¥यो । सुरुआतबाट नै दबाब दिएर खेलेको मच्छिन्द्रले केही अवसर पाए पनि सदुपयोग गर्न असफल भएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा अग्रता पाएको थियो । ६८औं मिनेटमा फ्रेन्ड्सका डिफेन्डर रोनिल एन्थोनी पाउलले आत्मघाती गोल गरेपछि पाएको अग्रता नै मच्छिन्द्रका लागि पर्याप्त बनेको थियो । मछिन्द्रका कप्तान सुजल श्रेष्ठको क्रसमा शशील कुमार थापाले हेड गरेपछि प्राप्त बल क्लियर गर्ने क्रममा रोनिलले आफ्नै पोस्टमा गोल गरेका थिए । जितसँगै मछिन्द्रले ८ खेल २० अंक जोडेको छ । र, मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ ।  फ्रेन्ड्स जारी लिगमा जित निकाल्न नसक्ने एक्लो टोली यथावत छ ।

पोखरा रंगशालामा च्यासल युथ क्लबलाई पराजित गर्ने क्रममा मनाङ मस्र्याङ्दीले गोलको बर्षा नै ग¥यो । च्यासल युथ क्लबमाथि ५–० फराकिलो जित निकालेको हो । तालिकाको दोस्रो स्थानमा रहेको मनाङले ठ्रूलो अन्तरले हराउने क्रममा आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक÷एक गोल गरे । मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो  भने दोस्रो हाफमा थप तीन गोल गरेको थियो । पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो । जसमा मनाङ तीनै खेलमा सुखद नतिजा निकाल्दै मनाङले उपाधि होडलाई कायमै राखेको छ । मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो । जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।  च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ । 

उपाधि होडलाई कायम राख्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीले सुरुआतबाट नै एनआरटीलाई दबाबमा राखेको थियो । सोही क्रममा आर्मीलाई जित दिलाउन दिनेश हेन्जनले गरेको निर्णायक भएको थियो । दिनेशले खेलको १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाएका हुन ।   जगजित श्रेष्ठको क्रसमा अनमार्क रहेका दिनेशले हेडर मार्फता जाली चुमाउन सफल भएका थिए ।  यस जितसँगै आर्मीले ८ खेलमा १४ अंक जोडेको छ ।  लिगमा अपराजित आर्मी लिगको चौंथो स्थानमा रहेको छ । यस्तै एनआरटीले ८ खेलमा १० अंक जोडेको छ ।  एनआरटी सातौं स्थानमा रहेको छ ।

लिगमा आइतबार एक मात्र खेल हुनेछ । थ्रि स्टार क्लब र हिमालयन शेर्पाबीच हुने खेल दशरथ रंगशलामा हुनेछ ।