२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको बताउनु भयो । उहाँले बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’

अध्यक्ष लिङदेनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।