२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पले डसेर पाँच वर्षीया बालिकाको मृत्यु



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ । 
    
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो ।  

शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको र सो केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि बालिकालाई सो अस्पतालमा पुर्याइएको उहाँले बताउनुभयो ।