५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट च्याम्पियनसिप फाइनलः अस्ट्रेलियालाई २१८ रनको अग्रता



अ+ अ-

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को फाइनल खेल दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच लन्डनमा भइरहेको छ ।

खेलको तेस्रो दिनको सत्र आज (शुक्रबार) दिउँसो सवा ३ बजे सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध २१८ रनको अग्रता लिएको छ ल। अस्ट्रेलियाले पहिलो इनिङमा ७४ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८ विकेट गुमाएर टोलीले १४४ रन बनाएको छ ।

एलेक्स केरी र मिचेल स्टार्कले आठौं विकेटको लागि ५० रन बनाए । केरी ४३ रन बनाएर आउट भए । स्टार्कले आज नाथन लियोनसँग मिलेर टोलीको इनिङ अगाडि बढाउनेछन् ।

अष्ट्रेलियाले पहिलो इनिङमा २१२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १३८ रन बनाएको थियो । अष्ट्रेलियाले पहिलो इनिङमा ७४ रनको अग्रता लिएको थियो ।

खेलको दोस्रो दिन बिहीबार दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा केवल १३८ रन मात्र बनायो । डेभिड बेडिंगहमले ४५ रन बनाए । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिए ।

अस्ट्रेलियाले दोस्रो दिन आफ्नो दोस्रो इनिङ सुरु गर्यो । टोलीले ७३ रनमा ७ विकेट गुमायो । यहाँबाट एलेक्स केरी र मिचेल स्टार्कले साझेदारी गर्दै टोलीलाई १४४ रनमा पुर्‍याए । टोलीसँग अझै २ विकेट बाँकी छन् ।

बुधबार लर्ड्स स्टेडियममा दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय गर्यो । अस्ट्रेलियाले २१२ रनमा १० विकेट गुमायो । ब्यू वेबस्टरले ७२ र स्टिभ स्मिथले ६६ रन बनाए । कागिसो रबाडाले ५ विकेट लिए । दक्षिण अफ्रिकाले पनि आफ्नो इनिङ सुरु गर्यो, तर ४३ रनमा ४ विकेट गुमायो ।