९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ जना र  भक्तपुरका १ जना पुरुषमा र ललितपुरको १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।

काठमाडौँ उपत्यकामा ४ जना पुरुष, २ जना महिलामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।