२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई २५ औं वर्षमा प्रवेश, लाखौं नेपालीको विश्वास र सम्बन्धको माध्यम बन्न सफल



अ+ अ-

काठमाडौं । आइएमई लिमिटेड स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पसिना र भरोसामा जन्मिएको यो संस्था, आज लाखौं नेपालीको आत्मीय विश्वास र सम्बन्धको माध्यम बन्न सफल भएको छ ।

संस्था २५ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्था स्थापना र सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गरी साथ दिने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण नियामक निकायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

उहाँले यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने व्यावसायिक साझेदारहरू र सेवाग्राहीहरूप्रति पनि विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,– ‘हामीमाथि गरिएको विश्वास र साथले नै आजको आइएमई सम्भव भएको हो । आगामी दिनहरूमा पनि तपाईंहरूको यही माया, भरोसा र सहकार्य पाइरहने विश्वाससहित सबैमा पुन: धन्यवाद व्यक्त गर्दछु ।