१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई २५ औं वर्षमा प्रवेश, लाखौं नेपालीको विश्वास र सम्बन्धको माध्यम बन्न सफल



अ+ अ-

काठमाडौं । आइएमई लिमिटेड स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको पसिना र भरोसामा जन्मिएको यो संस्था, आज लाखौं नेपालीको आत्मीय विश्वास र सम्बन्धको माध्यम बन्न सफल भएको छ ।

संस्था २५ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्था स्थापना र सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गरी साथ दिने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण नियामक निकायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

उहाँले यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने व्यावसायिक साझेदारहरू र सेवाग्राहीहरूप्रति पनि विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ,– ‘हामीमाथि गरिएको विश्वास र साथले नै आजको आइएमई सम्भव भएको हो । आगामी दिनहरूमा पनि तपाईंहरूको यही माया, भरोसा र सहकार्य पाइरहने विश्वाससहित सबैमा पुन: धन्यवाद व्यक्त गर्दछु ।