३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा युवा संगठनका संयोजक सुजित केसीविरूद्ध साइबर अपराधको मुद्दा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरको फोटो राखेर हिल्टन होटलबारे स्टाटस लेखेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले केसीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो । केसीले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटल जयवीरले किनेको सन्दर्भमा स्टाटस लेखेका थिए ।

उनले लेखेका थिए– ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन् ।’ तर पछि केसीले त्यो स्टाटस हराएका थिए ।

यही विषयलाई लिएर प्रहरीको साइबर ब्यूरोमा जाहेरी परेपछि केसीलाई जेठ २ गते पक्राउ गरिएको थियो । तर एक साता हिरासतमा बसेपछि बन्दीप्रत्यक्षीकरणको रिटबाट हुने छुटेका थिए ।

यही मुद्दामा सरकारी वकिलले काठमाडौंमा मुद्दा दायर गरेको हो ।