९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के लक्षित राजश्व उठ्ला ? दैनिक प्रगति हेर्दा असम्भव



अ+ अ-

काठमाडाैंः नेकपाकाे वर्तमान सरकारका अर्थमन्त्री डा युवराज खतिवडामाथि अहिले सर्वाधिक ठूलाे संकट छाएकाे प्रष्टै देखिन थालेकाे छ । चालु आर्थिक वर्षकाे समयावधि सकिन अब १५ दिनमात्र बाँकी छ, तर मुलुककाे आम्दानीकाे मुख्य स्राेत राजश्व उठ्ने दर भने निराशाजनक छ ।

महालेखा नियन्त्रक कार्यालयकाे दैनिक विवरण अनुसार विगत केही दिनदेखि राजश्व उठ्ने दर दैनिक सरदर २ अर्ब २० कराेडकाे छ । याे दर कायम रहे वा दैनिक ३ अर्बकै हाराहारीमा राजश्व उठे पनि अबका १५ दिनमा राजश्व करिब ४५ अर्ब मात्र उठ्ने छ ।

याे वर्षकाे बजेटमा राजश्व करिब ११ खर्ब ७० अर्ब उठ्ने प्रक्षेपण गरिएकाे थियाे । जसमा प्रत्यक्ष करतर्फ रू १० खर्ब ९ अर्ब, अप्रत्यक्ष करतर्फ रू १ खर्ब २ अर्ब तथा अनुदान ५८ अर्ब उठ्ने अनुमान गरिएकाे थियाे । 

तर राजश्व उठ्नेक्रम लक्ष्यकाे करिब ६४ प्रतिशत मात्र देखिएकाे छ । अर्थात यही असार १४ गतेसम्म कूल राजश्व ७ खर्ब ५१ अर्ब मात्र उठेकाे छ । जसमा प्रत्यक्ष करतर्फ रू ६ खर्ब २४ अर्ब, अप्रत्यक्ष करतर्फ रू ६५ अर्ब, अनुदान १६ अर्ब तथा अन्यतर्फ ४५ अर्ब रहेकाे छ ।

उता, खर्चतर्फ कुनै कमी भएकाे देखिन्न । चालु खर्चतर्फ कूल बजेटकाे झण्डै ७४ प्रतिशत अर्थात ७ खर्ब ७ कराेड, पूँजीगत तर्फ १ खर्ब ३४ अर्ब तथा वित्तीय व्यवस्थातर्फ ९४ अर्ब खर्च भइसकेकाे छ ।

दैनिक राजश्व भन्दा खर्च बढी

सरकारले संकलन गरिरहेकाे खर्चभन्दा बढी दैनिक खर्च भइरहेकाे छ । असार १४ गते प्रत्यक्ष करतर्फ रू. २ अर्ब १० कराेड ३४ लाख संकलन गरे पनि सरकारकाे चालू खर्च रू. २ अर्ब ८४ कराेड ९१ लाख तथा पूँजीगत खर्च रू. १ अर्ब २४ कराेड खर्च भएकाे छ । अर्थात दैनिक खर्च कूल राजश्वभन्दा झण्डै रू. १ खर्ब ९८ अर्ब ५७ लाखले बढी छ ।