१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जनासँग धरौटी माग



file photo
अ+ अ-

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड र आजगनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३९ जनामध्ये ७ जनालाइ कारारागारमै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गएराति सवा १२ बजे दुर्गा प्रसाईसहित सात जनालाई मुद्दाको टुंगो नलागेसम्म थुनामै राख्ने आदेश दिएको हो ।

अदालतले १ सय ५५ पेज लामो आदेश दिएको हो ।

तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

हिजो साँझ ५ बजेसम्म थुनछेक आदेश सकिएपछि मध्यराति आदेश सार्वजनिक गरिएको हो ।

अदालतको आदेशपछि अब राजावादी आन्दोलनका मुख्य कमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं मुद्दा टुंगो नलागेसम्म थुनामै रहने छन् । यसैगरी तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, सुशीला बराल, केशव बस्नेत र कुमार तामाङलाई पनि अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बाँकी ३२ जनालाई भने धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ ।

को–को परे थुनामा, को धरौटीमा ?