५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जना जेल चलान, ३२ जनासँग धरौटी माग



file photo
अ+ अ-

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन, तोडफोड र आजगनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३९ जनामध्ये ७ जनालाइ कारारागारमै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गएराति सवा १२ बजे दुर्गा प्रसाईसहित सात जनालाई मुद्दाको टुंगो नलागेसम्म थुनामै राख्ने आदेश दिएको हो ।

अदालतले १ सय ५५ पेज लामो आदेश दिएको हो ।

तीनकुने घटनामै संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बारेमा भने आदेशमा केही उल्लेख छैन ।

अदालतमा उपस्थित नै नभएको भन्दै मिश्र र जबरालाई भने फरार प्रतिवादीको रुपमा अदालतले राखेको छ ।

हिजो साँझ ५ बजेसम्म थुनछेक आदेश सकिएपछि मध्यराति आदेश सार्वजनिक गरिएको हो ।

अदालतको आदेशपछि अब राजावादी आन्दोलनका मुख्य कमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं मुद्दा टुंगो नलागेसम्म थुनामै रहने छन् । यसैगरी तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, सुशीला बराल, केशव बस्नेत र कुमार तामाङलाई पनि अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको छ । बाँकी ३२ जनालाई भने धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ ।

को–को परे थुनामा, को धरौटीमा ?