
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।
प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्।
कडरियाले ७३२ मत प्राप्त गरी जित हात पार्दा अध्यक्षका अर्का उम्मेदवार पौडेलले ७२५ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना सिवाकोटी निर्वाचित भए भने महासचिवमा दिपक धामी तथा उपमहासचिवमा कमल जोशी विजयी भए ।
यसैगरी सचिवमा आकाश घर्ती, रचना सापकोटा गोपाल नेपाल र समीम बाबु खान विजयी भए ।
विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ मध्ये १४५० मत खसेका थिए ।