२३ भाद्र २०८३, मंगलवार
,
Latest
हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस चितवनको ‘सात पालिका, सात वाटिका’ कार्यक्रम



अ+ अ-

चितवन। नेपाली कांग्रेस चितवनले ‘सात पालिका सात वाटिका’ कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा स्वर्गीय शैलजा आचार्यको नामबाट उद्यान बनाउने भएको छ ।

आचार्यको १६औँ स्मृति दिवसका अवसरमा पार्टीले इच्छाकामना गाउँपालिकालाई आज पत्र बुझाउँदै उद्यान निर्माणका लागि सार्वजनिक जग्गा माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालसहित जिल्ला नेतृत्वले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई भेट गरी जग्गा माग गरेको हो । सो अवसरमा गुरुङले सम्भाव्यता अध्ययन गरी पार्टीलाई जग्गा उपलब्ध गराउने आश्वासन दिनु भएको सभापति खनालले जानकारी दिनुभयो ।

जग्गा प्राप्तिसँगै पार्टीका नेता कार्यकर्ताहरुले श्रमदान गरी स्व आचार्यको नाममा उद्यान निर्माण गर्ने छन् । यसअघि पार्टीले गत असोज २ गते माडी नगरपालिका–५ मा गणेशमान सिंह स्मृति उद्यान निर्माणको थालनी गरेको थियो । नेपाली कांग्रेस चितवनले विसं २०८० भदौ २४ गते जिल्ला सम्मेलनका क्रममा जिल्लाका सात पालिकामा लोकतन्त्रमा योगदान पु¥याएका पार्टीका शीर्ष नेताहरुको नाउँमा वाटिका निर्माण गर्ने निर्णय गरेअनुसार वाटिका निर्माण थालिएको हो ।

भरतपुरमा यसअघि नै रहेको वीपी शान्ति नगर वनलाई व्यवस्थित गर्ने, राप्तीमा गिरिजाप्रसाद कोइराला स्मृति उद्यान बनाउने, खैरहनीमा शुवर्ण शम्शेर, रत्ननगरमा सुशील कोइराला र कालिका नगरपालिकामा कृष्णप्रसाद भट्टराई स्मृति उद्यान निर्माण गर्न लागिएको सभापति खनालले जानकारी दिनुभयो ।

यस वर्ष माडी, इच्छाकामना र कालिका नगरपालिकामा पार्क बनाइँदै छ भने आउँदो वर्ष खैरहनी, रत्ननगर र राप्तीमा पार्क निर्माण गर्ने योजना रहेको सभापति खनालले बताउनुभयो ।

निर्माण गरिएका पार्कहरुको व्यवस्थापन पार्टीले निर्माण गरेको सामाजिक संस्था सान्दाजु स्मृति प्रतिष्ठानले गर्नेछ । सामाजिक क्षेत्रमा काम गर्दा पार्टीभन्दा सामाजिक संस्थामार्फत गर्न उपयुक्त हुने भएकाले सोहीअनुसार काम गर्न लागिएको हो । रासस